• २०८१ बैशाख १५ शनिबार

एनआईसी एशियाको एक अर्बको म्युचअल फण्ड बिक्री आजबाट खुल्ला

kharibot

काठमाडौ । एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलको एक अर्ब रुपैयाँको म्युचअल फण्डको बिक्री आज मंगलबारबाट खुल्ला भएको छ । कम्पनीले प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० करोड म्युचअल फण्ड बिक्री खुल्ला गरेको हो । 

कोष प्रर्वधक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्र्तगत सञ्चालित हुनेगरी बैंकले एनआईसी ग्रोथ फण्डको बिक्री खुल्ला गरेको हो ।

बिक्री गरिने कुल ईकाई मध्ये १५ प्रतिसत अर्थात एक करोड ५० लाख ईकाई कोष प्रर्वधक एनआईसी एशिया बैंकको लागि र बाँकी आठ करोड ५० लाख ईकाई सर्वसाधारणमा बिक्री हुुने छ । फण्डको बिक्री कार्य छिटोमा माघ आठ गते र ढिलोमा माघ २१ गते बन्द हुने छ । सर्वसाधारणले न्युनतम एक सय देखि २० लाख युनिट ईकाईसम्मको फण्ड खरिद गर्न सक्नेछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै