• २०८१ बैशाख १४ शुक्रबार

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु, अहिलेसम्म जिल्लामा २८ जनाले गुमाए ज्यान

kharibot

राजविराज ।  पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । 

स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै