• २०८१ बैशाख १६ आइतबार

विभागीय टोली एपिएफ खप्तड गोल्ड कपको  फाइनलमा

kharibot

धनगढी । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । 

धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो । 

एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए । लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए । 

सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै