ब्यालिष्टिक मिसाइल आइरहेको झूटो सन्देशले अमेरिकी राज्य तर्सियो 

खरीबोट

तस्बिर : एजेन्सी

उत्तर अमेरिका । शनिबार बिहानै अमेरिकाको हवाई राज्यमा ब्यालिष्टिक मिसाइल आइरहेको गलत सन्देश राज्यका अधिकारीले दिएपछि अमेरिकी राज्य आतंकित बन्नपुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

हवाई राज्यका एक जना अधिकारीले भूलवश गलत बटन थिच्दा क्षेप्यास्त्र प्रहार भएको र केही बेरमै राज्यमा खस्ने हुँदा सुरक्षित स्थानमा आश्रय लिनु भन्ने चेतावनीसहितको अलार्म मोबाइलमा प्रवाह भएपछि मानिसहरुमा सन्त्रास छाएको थियो । 

पछि यो झूटो थाहा भएपछि मात्रैै मानिसहरुले लामो श्वास फेरेका थिए । हवाई राज्यका गभर्नर डेभिड इगेले यसका लागि माफी मागेका थिए । उनका अनुसार एक जना अधिकारीले मिसाइल अलार्म (चेतावनी)को बटन थिच्दा सम्पूर्ण राज्य ने आतंकित बनेको थियो ।

हवाई अमेरिकाको सैन्य आधारशिविर रहेको राज्य हो, जुन उत्तर कोरियाको पहिलो निशाना बन्न पनि सक्छ । सोही कारण हवाईमा मिसाइल प्रतिरोधप्रणाली जडान गरिनुका साथै अमेरिकाले विभिन्न प्रतिरोधात्मक परीक्षणहरुसमेत यही राज्यबाट गर्दै आएको छ । 

अमेरिकी सरकारले यसको पूर्ण जाँच गर्ने भएको छ । गलत बटन थिचिएसँगै मानिसहरुको मोबाइलमा सन्देश गएको थियो भने टेलिभिजन र रेडियो स्टेसनहरुले समेत मिसाइल आइरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन लगाएका थिए ।

सन्देश आएको २० मिनेटसम्म साँच्चै क्षेप्यास्त्र प्रहार गरिएको भए मानिसहरु लुक्ने समय थियो । सोही कारण मानिसहरु अतालिन पुगेका थिए । 

पछिल्ला दिनमा उत्तर कोरियाको मिसाइल परीक्षणले अमेरिकाको गुआम, हवाई जस्ता टापु राज्यलाई आतंकित बनाएको छ । 

सम्बन्धित समाचार

नौ हजार नेपालीलाई अमेरिका छोडाउने ट्रम्प प्रशासनको तयारी : वासिङटन पोष्ट 

काठमाडौं । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले अस्थायी आवास अनुमति पाएका करिब नौ हजार नेपालीहरुलाई नेपाल पठाउने तयारी गरेको छ । अमेरिकाको चर्चित पत्रिका वासिङटन पोष्टको अनलाइन संस्करणमा जनाइएअनुसार विभिन्न बहानामा प्रोभिजनल

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन ।  इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन् ।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त

'फाइभजी इन्टरनेट'मा अमेरिकालाई पछि पार्दै चीन

प्रविधि । एक नयाँ अध्ययनले अर्को पुस्ताको इन्टरनेट फाइभजी प्रविधिमा चीनकै वर्चस्व रहनसक्ने देखाएको छ । अमेरिकाको ताररहित उद्योगको व्यापारिक साझेदार सीटीआईएले सोमबार प्रकाशन गरेको प्रतिवेदनअनुसार फाइभजी इन्टरनेट ल्याउने तयारीमा

राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् ।  कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा