इटहरीमा नगदसहित छ जुवाडे पक्राउ

खरीबोट

इटहरी ।  इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ । 

प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो । 

त्यसैगरी इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ । 

सम्बन्धित समाचार

इटहरीमा नगदसहित छ जुवाडे पक्राउ

इटहरी ।  इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ ।  प्रहरी चौकी तरहराका

प्रहरीद्वारा लाखौँ नेपाली र विदेशी पैसासहित ५२ जना जुवाडे पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार ५२ जना जुवाडेलाई तास र कौडा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका सिमलटारमा रहेको मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका उनीहरुबाट

वुटवलमा २६ जना जुवाडे पक्राउ

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।  खानतलासी गर्दा उनीहरुबाट रु. नौ

जुवाडे समाउन प्रहरीद्वारा छ राउण्ड गोली प्रहार

सिमरा, बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ ।  बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले छ राउण्ड हवाईफायर