नवलपरासीमा बाघको गणना शुरु

खरीबोट

नवलपरासी ।  नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । 

क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ । 

नवलपरासीको गँैडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयीत्रिवेणीको दुम्कीवासमा गरी पाँच स्थानमा प्राविधिक टोलीक्यामेरा ट्रयापिङका लागि खटिएका छन् । 

प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिनुभयो । 

निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताउनुभयो । साथै आवश्यक पर्ने स्थानमा हात्तीको समेत सहयोगमा काम गरिँदै छ । 

नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ गरिने छ । नवलपरासीको सामुदायिक वनमा गत वर्ष बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका थिए भने केही मानिस घाइतेसमेत भएका थिए । 

सामुदायिक वनमा बाघको वासस्थान नै छ या अन्यत्रबाट आउने गरेका छन् भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि सामुदायिक वनमा बाघको गणना गर्न लागिएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य पाण्डेले बताए । 

सम्बन्धित समाचार

दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मरे

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना

दुर्लभ पाटेबाघ मर्यो, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर ।  चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

भीमदत्तनगर ।  अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ ।  पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान

मान्छे मारेको बाघ नियन्त्रणमा, चितवन निकुञ्ज ल्याइँदै

रत्ननगर, चितवन ।  मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा