चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडीयो 

खरीबोट

दार्चुला । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । 

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसी ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् । 

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । 
 

सम्बन्धित समाचार

उद्योग मन्त्रालय र प्राधिकरणबीच समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

काठमाडौँ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ ।  प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा

एडभान्स सिमेन्टमा ६ महिनादेखि विद्युत् अवरुद्ध, उत्पादन ठप्प

बारा ।    बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा सञ्चालित अरनिको सिमेन्ट प्रा.लीको उत्पादन एडभान्स् ब्राण्डको सिमेन्ट उद्योगमा बिगत ६ महिना देखि विद्युत् अवरुद्ध भए पछि उत्पादन ठप्प भएको छ । गत

 सिक्लेस जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन गर्ने

पोखरा । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ ।  डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण

विद्युत प्राधिकरणका सुपरभाइजरले घुस मागेको भन्दै आरोप पत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ ।  नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने