श्रम कार्यालय ताहाचलका नासु घुस लिएको अभियोगमा पक्राउ

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ । 

श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको रु दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । 

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी गौचनलाई गोली हान्ने पक्राउ, अर्को शुटर अझै फरार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्माण व्यवसायही महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य शुटरलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार गौचनमाथि गोली हान्ने श्यामबहादुर गोम्बे पक्राउ परेका

आठ लाख अवैध भारतीय रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक

रानीपोखरीमा कार्यरत असई खड्का ३ लाख घुससहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रेशम खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो । पेप्सीकोलाको स्किम सहकारी

हाब्रेको छालासहित काठमाडौंबाट चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित चारजनालाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा