श्रम कार्यालय ताहाचलका नासु घुस लिएको अभियोगमा पक्राउ

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ । 

श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको रु दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । 

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित समाचार

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ 

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर

घुस लिएको आरोपमा गुठी कर्मचारी पक्राउ

बर्दिवास । महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारी आज ३५ हजार घुस लिएको आरोपमा थलोमै पक्राउ परेका छन् ।  असुली सहायक जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला / महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।  हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन्

फरार चोर पशुपति रिमाल पक्राउ

भक्तपुर / विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।  गत जेठ १५ गते राति मध्यपुर