काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) को १८औ बार्षिक साधारण सभा तिन बर्षका लागि नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको छ ।
आनको नयाँ कार्यसमितिमा अध्यक्ष रबिन्द्र कुमार रिजाल, बरिष्ठ उपाध्यक्ष सोम धिताल, प्रथम उपाध्यक्ष नारायणकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिब राजु कुईकेल, सह—कोषाध्यक्ष पंकज प्रधान, सचिबमा कृष्ण घिमिरिे र ६ जना सदस्य रमेश पुरि, रोशन प्रसाई, अरुण स्थापित, बिशाल पुरुष ढकाल, सन्तोष खडका, किरण गैह्रे निर्बिरोध निर्वाचित भएका थिए ।
केबल कोषाध्यक्षका लागि भएको मतदानमा पिताम्बर पोखरेल ‘विजय’ भएका छन् ।
वार्षिक ६ सय करोड बढिको कारोबार रहेको विज्ञापन व्यबसाय रहेको नेपालका विज्ञापन एजेन्सीहरुको साझा संस्था नेपाल विज्ञापन संघको आगामि नेतृत्बको जिम्मेबारी अर्थपुर्ण रहेका कुरा कार्यक्रमका बक्ताहरुले प्रकाश पारेका थिए ।
कार्यक्रममा आनका पुर्व अध्यक्षहरु तथा नेपाल उद्योग परिसंघका अध्यक्ष, बानका उपाध्यक्ष लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्दै विज्ञापन एजेन्सिको कारणले मिडिया हाउसलाई धेरै सहज भैरहेका बताएका थिए ।