भारतमा पनि प्रधानन्यायाधीशमाथि सवाल उठाइयो 

खरीबोट

तस्बिर : बीबीसी हिन्दी

दक्षिण एसिया । भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरुले इतिहासमै पहिलोपटक पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतमा चलिरहेको अनियमिततालाई लिएर सार्वजनिक रुपमै गुनासो गरेका छन् । न्यायाधीशहरु जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले गुनासो गरेका हुन् ।  

भारत स्वतन्त्र भएपछि पहिलोपटक सर्वोच्च अदालतका चार न्यायाधीशले शुक्रबार पत्रकार सम्मेलन गरेपछि भारतमा यसले हलचल मच्चाएको छ । विशेषगरी चार जना न्यायाधीशले अदालतभित्र प्रशासनिक अनियमितता भएको आरोप लगाएका हुन् ।

सर्वोच्चका दुई नम्बर न्यायाधीश मानिने चेलामेश्वरले भनेका छन्, ‘करिब दुई महिनापहिले हामी चार न्यायाधीश मिलेर प्रधानन्यायाधीशलाई पत्र लेखेका थियौँ र भेटेका थियौँ । हामीले उहाँसँग अदालतमा जे भइरहेको छ, त्यो सही नभएको पनि बतायौँ । प्रशासन ठीकसँग नचलेको बतायौँ । यो मामिला एउटा मुद्दालाई लिएर थियो ।'

उनले आफूहरुले यो कुरा प्रधानन्यायाधीशलाई सम्झाउन असफल रहेको समेत बताएका छन् । त्यसपछि आफूहरुले राष्ट्रकै अगाडि यो कुरा राख्नुपरेको दाबी गरेका छन् । यो मुद्दा सीबीआई जज लोयाको शंकास्पद मृत्युलाई लिएर भएको न्यायाधीशहरुको भनाइ छ । 

उनीहरुले प्रधानन्यायाधीशलाई बुझाएको पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् । २० वर्षपछि आफूहरुमाथि आत्मा बेचेको आरोप नलागोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ । लोकतन्त्रलाई कायम राख्न पनि सर्वोच्च अदालत जस्तो संस्था सही ढंगले चल्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले सीजेआईमाथि महाभियोग चल्ने र नचल्ने भन्नेबारे भने राष्ट्रले नै विचार गर्नुपर्ने उनीहरुको सुझाव छ । बितेका केही महिना जे नहुनुपर्ने त्यही भइरहेको भनी प्रधानन्यायाधीशको उनीहरुले चर्को आलोचना गरेका छन् । 

भारतमा न्यायाधीशले पत्रकार सम्मेलन गरेको यो नै पहिलोपटक रहेको बताइएको छ । भारतमा अहिलेका प्रधानन्यायाधीश दीपक मिश्रसँग दुई नम्बर वरीयताका वरिष्ठ न्यायाधीश चेलामेश्वरको धेरै मुद्दालाई लिएर विवाद रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

सम्बन्धित समाचार

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

बनियानी, झापा । पूर्वीनाका काँकडभित्ताबाट मंगलबार दुई भारतीय नागरिक नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुडीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस

महिला पहिरनको लागि विख्यात भारतीय ब्राण्ड 'डव्लु ’ अव नेपालमा

काठमाडौँ। महिला पहिरनको लागि विख्यात भारतीय ब्राण्ड 'डव्लु' को नेपाल स्थित आधिकारिक विक्रेता पिनाकल ब्राण्ड प्रालिले आफ्नो दोस्रो स्टोर शुभारम्भ गरेको छ ।   ललितपूरस्थित लविम मलको पहिलो तल्लामा रहेको आफ्नो

भारतीय र पाकिस्तानी कैदी रिहा

नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय कारागारमा कैदमा रहेका

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई । टर्कीको वित्तीय सङ्कटको प्रभावस्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको