सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

खरीबोट

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । 

रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार गरेको हो । 

केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले रणनीति सार्वजनिक गर्दै नसर्ने रोगको प्रमुख कारक तत्वका रुपमा रहेको सूर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाममा रणनीति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 

उनले स्थानीय, प्रदेश र केन्द्रमा रणनीतिलाई कार्यान्वयनमा ल्याउन अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याउँदै सूर्तीजन्य पदार्थ उत्पादनमा नै रोक लगाउनुपर्छ भने । 

सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत मन्त्रालयले जारी गरिसकेको छ । 

मन्त्रालयका अनुसार नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु हुने गर्छ । खासगरी क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेहजस्ता रोग यसको सेवनका कारणले लाग्ने गर्छन् । 

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोजेन्द्र पन्त र केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सूर्तीजन्य पदार्थको नियन्त्रणले दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रणनीतिमा सूर्तीजन्य पदार्थको प्रयोगको अनुगमन, धुवाँरहित सार्वजनिकस्थल, सूर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहनलगायतका बुदाँ रहेका छन् ।
 

सम्बन्धित समाचार

पहिलो पटक क्यान्सर रोगीको तथ्याँक संकलन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरी नियुक्त

काठमाडौँ । स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई सरकारले नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी डा.चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. चौधरी

स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीचको वार्ता सहमति नजिक

काठमाडौँ । स्वास्थ्य मन्त्रालय र आन्दोलनरत नेपाल चिकित्सक संघबीचको वार्ता सहमति नजिक पुगेको छ ।  मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा संघले उठाएका मागका विषयमा गहनरुपमा छलफल भई करिब सहमति नजिक पुगेको