तयार भयो हेटौँडामा क्रिकेट मैदान

खरीबोट

हेटौँडा ।  मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । 

मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।  

करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो । 

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थपेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

उनका अनुसार हुुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो । क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ । 

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताए । मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन । 

करिब रु चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन । बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताए । 

सम्बन्धित समाचार

हेटौडामा ८ जना जुवाडे पक्राउ 

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । तास खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनासँग एक लाख तिस हजार ६ सय पच्चीस रुपिया र १३

राइनो ५०० डी स्टिल रिवारद्वारा हेटौडामा टेक्निकल मिटको आयोजना

काठमाडौं । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ

विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक हेटौडामा बस्दै 

काठमाडौँ ।  राप्रपाको केन्द्रीय समिति बैठक भदौ १ गते हेटौंडामा बस्ने भएको छ । नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो । पशुपति शमशेरसहितका

काठमाडौँ–हेटौडा द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण

काठमाडौँ ।  सरकारले काठमाडौँ–हेटौडा द्रुतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।  सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने