थ्री स्टारलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

खरीबोट

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 

आर्मीले थ्री स्टारलाई एकका विरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । हारसँगै थ्री स्टारको अघिल्लो यात्रा रोकिएको छ । आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको शुरुमै गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएकामा दोस्रो हाफको ४९औँ मिनेटमा आर्मीकै सुमन अर्यालले अर्को गोल थपेका थिए । 

पहिलो हाफमा आर्मी थ्री स्टारमाथि पूर्ण रुपमा हावी भएको थियोे । दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि प्रतिष्पर्धा रोमाञ्चक बनेको थियो । त्यसपछि थ्री स्टारले लगातार आक्रमण गर्दै आर्मीलाई दवावमा राख्न सफल भए पनि गोल भने गर्न सकेन । थ्री स्टारको प्रहारलाई आर्मीका गोल रक्षकले गोल हुनबाट विफल पारेका थिए । 

आर्मीका टिम क्याप्टेन भरत खवास ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत भए । बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीले समयमै गोल गरेकाले जीत प्राप्त गरेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले राम्रो खेल्दा खेल्दै पनि सानो कजोरीका कारण दुई गोल खाएर पराजय भोगेको बताए । शुक्रबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो 

बारा । रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दिनेश

रुस्लान सिमरा गोल्डकप : त्रिभूवन आर्मी र थ्री–स्टार सिमरा गोल्डकपको उपाधीका लागि भिड्ने

बारा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिवार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन

४–२ ले मोरंगलाई हराउँदै रुस्लान थ्री–स्टार फाईनलमा 

बारा । मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ ।  थ्रिस्टारको जितमा सुनील बलले २

रारा गोल्डकप फुटबलको उपाधि पुलिस क्लबले जित्यो 

पोखरा । पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । १६औँ संस्करणको उपाधि पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि