महिला फुटबल लिगको उपाधि एपिएफलाई

खरीबोट

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । 

एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् ।सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।

एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन । 

समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे । 

विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो । 
 

सम्बन्धित समाचार

मोबाइल चोरी गरेर अनलाइन बिक्रि गरेको आरोपमा फुटबलर दिपेश श्रेष्ठ पक्राउ 

काठमाडौं । फुटबलर दिपेश श्रेष्ठ मोबाइल, ल्यापटप लगायतका सामाग्री चोरी गरेर बिक्रि गरिरहेको आरोपमा पक्राउ परेका छन् ।   ‘ए’ डिभिजन लिग क्लब सरस्वती युथ क्लबका कप्तान समेत रहिसकेका दिपेश श्रेष्ठ मोबाइल

रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिपमा दुई नेपाली यूवाले भाग लिने

काठमाडौँ ।  रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् ।  बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप

बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल समुह ‘ए’ मा 

काठमाडौँ ।  बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपको ड्र सार्वजनिक भएको छ । आज सार्वजनिक भएको ड्रमा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा बंगलादेशसँगै भुटान र पाकिस्तान गरी

बुण्डेसलिगामा भयो रोचक घटना, हाफ टाइममा खेलाडीलाई बोलाएर दिइयो पेनाल्टी 

काठमाडौँ । फुटबलमा कहिले काही रोचक घटना हुने गर्दछन । यसैबीच जर्मनी लिग बुण्डेसलिगामा गएराती एक रोचक घटना भएको छ ।  मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु मैदान छोडेर