सलमान खानलाई मार्ने धम्कि आएपछि रेस-३ को सुटिंग स्थगित 

खरीबोट

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानलाई मार्ने धम्कि आएपछि उनले हाल सुटिंग गरिरहेको फिल्म रेस-३ को सुटिंग स्थगित भएको छ ।

मुम्बई मिररका अनुसार गत मंगलबार फिल्म रेस-३ को सुटिंग गरिरहेका बेला हतियार सहितका प्रहरी आएर सो बारे जानकारी दिदै सलमानलाई हतारमा उनको घर लगेको बताइएको छ । प्रहरीले सलमानलाई साइकिल चलाउन र बिना सुरक्षा बाहिर ननिस्किन सल्लाह दिएको बताएको छ । 

गत बिहिबार कालो हरिण मारेको मुद्धामा बयान दिन जोधपुर पुगेका सलमानलाई राजेस्थान कै ग्याङस्टर ल्वरेन्स विश्नोईले सलमानलाई मार्ने धम्कि दिएको उल्लेख गरिएको छ ।
विश्नोई हत्या, असुली तथा अपहरणका आरोपमा पटक पटक जेल परेका व्यक्ति भएको मुम्बई मिररले उल्लेख गरको छ ।

विश्नोई कालो हरिणलाई पुजा गर्ने समुदायका भएको र सलमानलाई कालो हरिण मारेको आरोप लागेकाले उनको हत्या गर्ने धम्कि दिएको बताइएको छ ।     
 

सम्बन्धित समाचार

सलमानले ‘भारत’ मा प्रियंका र कट्रिनासँग रोमान्स गर्ने 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानले कालो हरिण मारेको प्रकरणमा जमानत भएपछि नयाँ फिल्मको सुटिंग सुरु गरेका छन् ।  रेस-३ को सुटिंग अझै बाँकि नै रहेको बेला सलमानको नयाँ फिल्म भारतको

जेठमा नेपाल आउने भए सलमान खान 

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खान जेलबाट रिहा भए लगत्तै उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको छ ।  जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र

सलमान खानलाई धरौटीमा रिहा गर्ने आदेश

मुम्बई । बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् ।  विहिबार राजस्थानको जोधपुरस्थित

सलमान खानको धरौटीको अपिलमा शनिबार सुनुवाई हुने 

मुम्बई । बलिवुड अभिनेता सलमान खान को धरौटीको अपिलको सुनुवाई शनिबार हुने भएको छ । विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय