हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

खरीबोट

टेगुसिगाल्पा ।  हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । 

यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । 

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । 

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ । 

युएसजिएसका अनुसार स्थानीय समयाअनुासार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ । 

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ । 

सम्बन्धित समाचार

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोट ।  भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् ।  विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म

०७२ सालको भूकम्पबाट पाठ सिक्यौँ : प्रधानमन्त्री देउवा

काठमाडौं / सबल समुदाय र स्थानीय सरकार, भूकम्पपीय सुरक्षाको बलियो आधार भन्ने मूल नाराको साथ २०औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । मंगलबार वसन्तपुर दरबार क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

लिमा, पेरू । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् ।  भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने

२० औँ भूकम्प सुरक्षा दिवस ‘सुरक्षित घर’ अभियानका साथ मनाइने

काठमाडौँ । २० औँ भूकम्प सुरक्षा दिवस सुरक्षित घर अभियानका साथ मनाइने भएको छ ।  विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजनमा