• २०८१ बैशाख १५ शनिबार

बुटवलको तिनाउ पुलमा दुई दिन रातिमा गाडी चलाउन नपाइने

kharibot

रुपन्देही ।  पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको तिनाउ पुलमा दुई दिन रातिमा गाडी चलाउन नपाइने भएको छ ।

सडक विभागको पुल योजना सेन्टर नम्बर ४ पाल्पाले तिनाउ पुलको पश्चिममा रहेको ड्राई नाला पुल मर्मत गर्नुपर्ने भएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरिएको जानकारी दिएको छ । राति १० बजेअघि र बिहान ४ बजेपछि पुलमा आवागमन गर्न दिइने आयोजनाले जनाएको छ ।

ड्राई नालाको  पुलमा रहेको बेरिङ फेर्नुपर्ने भएकाले मर्मत गर्न लागीएको बताइएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै