• २०८१ बैशाख १४ शुक्रबार

इमरान खानले ५ छोराछोरीकी आमालाई राखे विवाहको प्रस्ताव 

kharibot

काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका पुर्वकप्तान तथा नेता इमरान खानले तेस्रो विवाह गर्ने तयारी गरेका छन् ।

६५ बर्षिय खानले एक ५ छोराछोरीकी आमालाई विवाहको प्रस्ताव राखेको अहिले पाकिस्तानमा चर्चाको विषय बनेको छ । इमरानले विवाहको प्रस्ताव राखेको कुरा उनको पार्टी तहरिक ए इन्साफ (पिटिआइ) ले एक विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

विज्ञप्तिमा इमरानले बुशरा मनेका नामकी महिलालाई विवाहको प्रस्ताव राखेको जानकारी दिदै बुशराले आफ्ना परिवारसँग सल्लाह गरेर जवाफ दिने बताएको उल्लेख गरेको छ । बुशराका दुई छोरा र तीन छोरी रहेको र उनको उमेर ४० बर्ष भन्दा बढी रहेको बताइएको छ । बुशराको केहि समय अघि डिभोर्स भएको बताइएको छ ।

इमरान खानले पहिलो विवाह जेमिमा गोल्डस्मिथसँग गरेका थिए । उनीसँग इमरानका दुई छोरा रहेका छन् । उनीहरुको सन् २००४ मा डिभोर्स भएको थियो । त्यसपछि इमरानले सन् २०१४ मा टिभी एंकर रेहाम खानसँग विवाह गरेका थिए तर उनीहरुको १० महिनापछि नै डिभोर्स भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै