• २०८१ बैशाख १४ शुक्रबार

ओली र प्रचण्डबीच पार्टी एकता बारे छलफल, एकता संयोजन समितिको बैठक मंगलबार बस्ने 

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेट वार्ता भएको छ ।

चितवनबाट आजै काठमाडौं आइपुगेका प्रचण्ड ओलीलाई भेट्न आइतबार साँझ ६ बजे ओली निवास बालकोट पुगेको थिए। दुई नेताबीच करिब सवा ८ बजेसम्म छलफल भएको थियो।

भेटमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र पार्टी एकताका विषयमा छलफल भएको थियो ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले मुख्यतः पार्टी एकताबारे छलफल भएको बताए । पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने-‘अहिलेसम्म ठिक बाटोमा छौं, थप विषयमा निर्णय गर्न सोमबार दुबै पार्टीमा छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा पुगेका छौं।’

प्रचण्डले संयोजन समितिको बैठकले अर्को कमिटी बनाएर पार्टी एकताका थप कुरा टुंग्याउने र केही दिन भित्रै यो प्रक्रियालाई निष्कर्षमा पुर्याउने समझदारी भएको पनि जानकारी दिए।

गत मंगलबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीसँग ठोस छलफल गर्ने बताएका थिए । उनले सरकार गठन र पार्टी एकता सँगै लैजानु पर्ने पक्षमा आफू रहेको पनि जानकारी दिएका थिए ।

यस अघि ओलीको स्वास्थ्यमा समस्या आएपछि दुई नेताबीचको भेट केही दिन स्थगित भएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै