काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्धार र राहतका लागि कोषमा एक महिनाको तलब दिने निर्णय गरेको हो ।
बैठकले पीडितको उद्धार तथा राहत कार्यलाई तिव्रता दिन पनि सरकारलाई आग्रह गरेको छ । साथै पार्टीका सबै कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिइएको बताइएको छ ।