राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

खरीबोट

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । 

पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो । 
सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ । 

टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिएकी छन् । 

गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम सार्वजनिकमा ढिलाइ नगरी नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न माग गर्दै आएको छ भने आयोगले राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ 

सम्बन्धित समाचार

राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गरेका छन् । संवैधानिक

पीडितले न्याय पाऊन् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताकि छन् ।  राष्ट्रिय मानवाधिकार

भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकि छन् ।  आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन आज

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन (लाइभ)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गरिरहेकी छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक