एमाले अध्यक्ष ओलीले केहि दिन निवासमै आराम गर्ने

खरीबोट

काठमाडौँ  ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्ने भएका छन्  । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बसेका बसेका छन् । 

उनका स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहेका छन् । 

सम्बन्धित समाचार

उपराष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ ।  उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।  नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति

बैंककबाट फर्किएपछि ओलीले भने-‘प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णयमा सहमति छैन’ 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य

एमाले अध्यक्ष ओली बिहीबार फर्कने

काठमाडौँ ।  नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएको छ ।  गत पुस २६ मा त्यसतर्फ जानुभएका उनी आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई

विमानस्थलमा ओलीका तीन निशाना :  डा.गोविन्द केसी, काँग्रेस महामन्त्री र निर्वाचन आयोग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै गर्दा व्यक्त गरेका विचारले अहिले सामाजिक सञ्जाल देखि मिडियासम्म तरंगित बनेका छन्