• २०८१ बैशाख १६ आइतबार

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

kharibot

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकको निर्णयअनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्यबृद्धि गरिएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।

अब  एक लिटर पेट्रोलको  रु १०२  तथा डिजेल र मट्टितेलको रु ७९–७९ पर्नेछ । यस्तै  खाना पकाउने ग्यासको मूल्य  रु १३७५ पुगेको छ । नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ । 

यसअघि पुस ४ गते पनि आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै