• २०८१ बैशाख १४ शुक्रबार

बाढीको कहर : झापामा पाँचको मृत्यु सात बेपत्ता

kharibot

 झापा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापामा पाँच जनाको मत्यु हुनाका साथै छ । 

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन झापा शाखाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की ३५ वर्षीया धनमाया घोरसाइने र उहाँकी छोरी, सोही गाउँपालिका वडा नं ७ की कमला दर्लामी, शिवसताक्षी नगरपालिका–१ का लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका वडा नं ३ का २२ वर्षीय राम राजवंशी छन् । 

त्यसैगरी झापाका कनकाई, विरिङ, रतुवा, अन्धुवा खोला, मेची र नन्दा खोलामा आएको बाढीका कारण एक हजार १९६ घर पविार विस्थापित भएका छन् । 

उनीहरुलाई उद्धार गरी नजिकै रहेका स्कुल, प्यार्टी प्यालेस र सार्वजनिक भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । 

उनका अनुसार आज बिहानैदेखि झापाको भद्रपुर नगरपालिकास्थित भैसाबाडी, झापा गाउँपालिका र डाँगीबारीमा नेपाली सेनासहितको टोलीले डुङ्गाबाट बाढीपीडितको उद्धार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै