• २०८१ बैशाख १४ शुक्रबार

दुई जना सम्पर्कविहीन

kharibot

नवलपरासी । नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् । 

नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका छन् । 

यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्कविहीन हुनुभएको हो । खोजबार र सुनारलाई खोजी गरिदिनुहुन उनका आफन्तले सबैसँग आग्रह गरेका छन् । 

गत मंसिर २७ गते खोजबार जंगल जान भनी हिँडेका र घर नफर्किएको खोजबारकी श्रीमती जयमती खोजबारको भनाइ छ । घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजी गरिदिन खोजबारका परिवारले आग्रह गरेका छन् । 

यसैगरी भाइ सुनार गत पुस १२ गते कावासोती बजारबाट निस्किएर पोखराको पृथ्वीचोकबाट सम्पर्कविहीन भएको उनका दाजु सन्तोष सुनारको भनाइ छ । सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको खोजतलास गरिदिन सुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै