• २०८१ बैशाख १५ शनिबार

५२ बर्षका भए सलमान खान, आज मनाउदै छन् जन्मदिन

kharibot

मुम्बई । बलिवुडका दबंग खान मानिने सलमान खान ५२ बर्षका भएका छन् । सलमान खानले आफ्नो जन्मदिन आज मनाउदै छन् ।

गएको शुक्रबार रिलिज भएको उनको फिल्म ‘टाइगर जिन्दा है’ ले भारतीय र विदेशको बक्स अफिसमा झन्डा गाडी रहेका बेला सलमानले आफ्नो जन्म दिन मनाइरहेका छन् । सलमान खान पछिल्ला बर्षहरुमा बलिवुडमा अत्यन्त सफल स्टारको रुपमा अगाडी आएका छन् ।

सलमानका सबै भन्दा धेर १३ फिल्मले सय करोड भन्दा बढीको ब्यापार गरेका छन् । सलमानका दबंग, रेडी, बडीगार्ड, दबंग-२, किक, बजरंगी भाइजान, जय हो, ट्युबलाइट, सुल्तान, प्रेम रतन धान पायो, एक था टाइगर र हालै रिलिज भएको टाइगर जिन्दा हैले भारतीय बक्स अफिसमा सय करोड भन्दा बढीको ब्यापर गरेका छन् । यो बलिवुडमा कुनै स्टारको सय करोडको व्यापार गर्ने फिल्महरुको नयाँ रेकर्ड नै हो ।

अभिनयका अलावा विभिन्न सामाजिक काममा समेत संलग्न रहेका सलमानको बिइङ ह्युमन नामको च्यारिटी संस्था प्रसिद्ध रहेको छ ।

हाल सम्म पनि अविवाहित रहेका सलमान विभिन्न नायिकासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा रहने गरेका छन् । सलमानको नाम पुर्वअभिनेत्री संगीता विजलानी देखि ऐश्वर्या राय हुदै कट्रिना कैफसँग जोडिएको थियो । हाल सलमान रोमानियाकी मोडल लुलिया भेन्तुरसँगको समबन्धमा रहेका छन् । 

हालै विवाह गर्ने बारे सोधिएको प्रश्नमा सलमानले आफुले अहिले नै विवाह गर्ने बारे नसोचे पनि बच्चाको वारेम सोचेको बताए सेरोगेसीबाट बच्चा जन्माउने तयारीमा लागेको संकेत गरेका थिए ।

बलिवुडमा पछिल्लो दशक अत्यन सफल सलमान खानका आगामी बर्ष दबंग-३, रेस-३ जस्ता फिल्म आउने भएका छन् ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै