धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

खरीबोट

महेन्द्रनगर (धनुषा) । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । 

तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । 

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । 

सम्बन्धित समाचार

रेडक्रसको बाढी प्रभावितको सहयोग सम्बन्धी भेला सम्पन्न : ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिने 

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले तराई मधेश क्षेत्रका बाढी प्रभावित १९ जिल्लाका शाखाको नेतृत्व र कर्मचारीहरुको भेला चितवनमा शनिवार सम्पन्न भएको छ ।  गत साउनको अन्तिम साता नेपालको तराइ क्षेत्रमा गएको

चिनियाँ राजदुतद्वारा बाढीपीडित दलित परिवारलाई राहत वितरण

बर्दिवास । नेपालका लागि चिनियाँ राजदूत यु होङले आज महोत्तरी लोहारपट्टी नगरपालिका–५ डोठारा बस्तीका २९० बाढीपीडित दलित परिवारलाई राहत वितरण गरे ।  गत वर्ष बाढीले आहत भएका सो बस्तीका मुसहर, दुसाध,

मन्त्रिपरिषदको बैठक: भूकम्प तथा बाढी पीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै बृद्ध भत्ता

काठमाडौं । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको

विश्वब्यापी तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो

बर्लिन, जर्मनी ।  जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।  जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा