अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

खरीबोट

काठमाडौँ । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । 

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । 

त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । 

यसैगरी मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको जानकारी दिएको छ । 

विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ । 

युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ । 

सम्बन्धित समाचार

तिहार र छठमा देशैभर बत्ति नजाने

काठमाडौं ।  तिहार र छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।  आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी

पुवाखोला आयोजनाबाट २.८ मेगावाट विद्युत् उत्पादन शुरु

इलाम । इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ ।  इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण

चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

हाङ्झाउ  ।  चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ ।  पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग