• २०८१ बैशाख १६ आइतबार

बाध्यता [कविता]

kharibot

पुरू रिजाल (थाँक्रे २, धादिङ)

कयाैँ रात
ननिदाइकन देखेकाे सपना
जिन्दगीकाे एक हिस्सा खर्च गरेर 
पहिचान गरेकाे लक्ष्य 
अाफ्नाे भाकल पूरा गर्न 
निर्दाेश पशुकाे घाँटीनिचाेरेझैँ  
मेराे लक्ष्यलाई निचाेरीदिए भने 
भनिसाध्ये छैन
मन् कति रूँदाे हाे 
अाँशु कति झर्दाे हाे !

भर्खर बीज  फुटेर
माया झाङ्गिन लागेकाे बेला 
प्रेमकाे राज्यमा
राज्यभिषेक गर्ने तयारी भइरहँदा
एक्कासी
बनबास जानुपर्ने खबर अायाे भने 
मन् कति अमिलाे हुँदाे हाे 
कति दुख्दाे हाे चित्त 
कति झर्दाे हाे अाँशु


दान गरेकाे गाई
दाम्लाले बाँधेर जस्काे हातमा सुम्पिदियाे 
उसैसँग जानुपरेझैँ 
तिमी पनि 
अत्मिक प्रेम गरेकाे 
प्रेमीलाई छाडेर
काे हाे काे हाे परायासँग जानुपर्याे भने 
मन् कति रूँदाे हाे 
अाँशु कति झर्दाे हाे 

हाे त्याे समयमा 
यही भनेर चित्त बुझाउनु भन्दा 
अर्काे कुनै विकल्प हुँदैन
तिमीले पनि 
मैँले पनि 
जिन्दगी नदी न हाे 
जता हुत्याउँछ 
बाध्यताबस्
उतै हुत्तिनुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै