• २०८१ बैशाख १५ शनिबार

चुलाचुली–तराई दु्रत मार्ग बनाइने

kharibot

मंगलबारे । नेकपा एमालेका नेता सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुत मार्ग बनाइने बताएका छन् । 

माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद नेम्वाङले महमाई र दानाबारीबीचमा पर्ने माईखोला, चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न पनि आग्रह गरे । पुल बनेपछि महमाई, बाँझो, सोयाक र जीतपुर आउजाउ गर्न सहज हुनेछ । 

महमाई क्षेत्रको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गरिने बताउँदै उनले पाँच वर्षभित्र जनताले अनुभूत गर्ने खालका ठोस योजना लागू गरिने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा, राम रानालगायतले बढ्दो बेरोजगारी समस्या समाधान गर्न पहल गरिने बताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै