• २०८१ बैशाख १४ शुक्रबार

ओली र प्रचण्डको प्रमुख निर्वाचन आयुक्त यादवलाई छिटो परिणाम सार्वजनिक गर्न दबाब 

kharibot

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

बुधबार बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले आजै निर्वाचन आयोगका प्रमुख आयुक्त डा.यादवलाई लाजिम्पाटस्थित दाहाल निवासमा बोलाएर तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिएका हुन् ।

हालै दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको भएपनि समानुपातिकतर्फको परिणाम भने सार्वजनिक गरिएको छैन ।

परिणाम सार्वजनिक नगर्दा सरकार गठनलगायतका विषय रोकिएका छन् भने परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा गठन अध्यादेश राष्ट्रपति कार्यालयमा अड्केको छ ।

दुई अध्यक्षसँगको भेटमा प्रमुख आयुक्त डा.यादवले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बचन दिएका छन् ।

यसअघि डा. यादवले राष्ट्रिय सभा र प्रतिनिधिसभाको पूरै रिपोर्ट संविधानतः एकै पटक बुझाउनुपर्ने व्यवस्था रहेको बताउँदै आएका थिए । ओली र दाहाललाई भेट्न डा.यादव एक्लै पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै