मेगा बैकद्धारा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन 

खरीबोट

काठमाडौ । मेगा बैकले आव २०७३  २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैैकले ५५ करोड १० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  

हाल चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित समाचार

कामना सेवा विकास बैंकको १५ प्रतिसत हकप्रद शेयर

काठमाडौँ ।  सिर्जनाचोक, पोखरामा केन्द्रिय कार्यालय रहेको कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको चुक्तापूंजीको १५ प्रतिसतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यसका साथै बैंकको केन्द्रीय

नेपाल इन्भेष्टमेन्ट बैैक र एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंकबीच सम्झौता भएको  छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र  भारतस्थित एक्सिस बैंकबीच

तिहार लगत्तै छ अर्ब रुपैयाँको बिकास ऋणपत्र २०८१ आउने

काठमाडौ ।  नेपाल राष्ट्र बैकले तिहार सकिए लगत्तै अर्थात कात्र्तिक पाँच गते छ अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले बाँणिज्य बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम संचालन सम्बन्धी सम्झौता 

काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंक बिच भएको सम्झौतापत्रमा एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता