मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

खरीबोट
ad

काठमाडौँ । मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । 

मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । 

सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । 

टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताउनुभयो । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो । 

सम्बन्धित समाचार

इन्भेष्टमेण्ट बैंकको ७२औ शाखा सल्यानको लान्तीमा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा आफ्नो ७२औ शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा

वाणिज्य बैंक र नेपाल बैंकलाई थप एफपीयोका लागि स्वीकृति

काठमाडौँ । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ ।  नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ । तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट