टेलिकमको नयाँबर्षको अफर तीन महिना थप, यस्तो छ कार्तिकसम्म पाइने डाटा प्याकेज 

खरीबोट

फाइल तस्विर

काठमाडौँ  । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।

कम्पनीले ल्याएका यी अफर उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकोले यस अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर २०७४ कात्तिक २३ गते सम्म कायम रहनेछ । 

अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन् । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । 

अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा तीस दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

फेसबुक-इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा ५ सय एमबी डाटा र २ सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । 

सम्बन्धित समाचार

नेपाल टेलिकमको तिहार अफर : रिचार्जमा बोनसदेखि कम्बो प्याकसम्म 

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको

टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्रको शुभारम्भ 

काठमाडौँ  । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्रको आज एक कार्यक्रमका बीच शुभारम्भ गरेको छ । केन्द्रको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गरेका हुन्  ।  सो अवसरमा

प्रबन्धनिर्देशक भएको एक वर्षमा टेलिकममा कामिनी राजभण्डारीले के-के गरिन् ?

काठमाडौं / मुलुकमा आर्थिक उदारिकरण र खुल्ला अर्थतन्त्रको अवलम्बनसंगै दूरसंचार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गराई दूरसञ्चार सेवालाई भरपर्दो, सर्वसुलभ, नियमित र व्यवस्थित बनाउन दूरसंचार ऐन, २०५३ लागू भए

धरहरा पुनर्निर्माणबाट पछि हट्यो नेपाल टेलिकम 

काठमाडौँ  ।  २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको