काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामु प्रमुख आयुक्त दीप बस्न्यातले आज वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
शीतल निवासमा आयोजित समारोहमा बस्न्यातले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम आयोगको आव २०७३ । २०७४ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।