• २०८१ बैशाख १४ शुक्रबार

घोषणा गरेको ठमेल नै भएन सवारीसाधनमुक्त, होला त व्यस्त असन र न्युरोडमा कार्यान्वयन ?

kharibot

बिहीबार दिउँसो \'सवारीसाधनमुक्त\' ठमेलमा गुडिरहेका गाडीहरू । तस्बिर : खरीबोट

काठमाडौं । काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी र स्थानीयबासीले गरेको निर्णय कार्यान्वयन नभएको पाइएको छ । काठमाडौं उपत्यकाकै व्यस्त मानिने न्युरोड र ठमेल क्षेत्रका साना गल्लीहरुमा सवारीसाधनमाथि रोक लगाउने त्रिपक्षीय निर्णय भए पनि कार्यान्वयन अझै हुन नसकेको पाइएको हो । 

गत कात्तिक ५ गते महानगर, ट्राफिक प्रहरी र उक्त क्षेत्रका स्थानीयबासीले ससाना गल्लीहरुमा सवारीसाधन गुडाउन नपाउने गरी सहमति गरेका थिए । तर खरीबोटले गरेको स्थलगत अवलोकनमा भने उक्त निर्णय कार्यान्वयन नभएको पाइएको हो । खास गरी मानिसको भीडभाड बढी हुने उक्त क्षेत्रमा सवारीसाधनकै कारण ट्राफिक जाम बढी भएको भन्दै नियन्त्रणको लागि सवारीसाधन प्रवेशमा रोक लगाउने भनी घोषणा गरिएको थियो ।

ठमेलका भित्री क्षेत्रमा समेत अहिले सवारीसाधन गुड्न पाउँदैनन् । तर त्यहाँ उक्त निर्णय नै कार्यान्वयन भएको देखिंदैन । विशेष गरी न्युरोड, ठमेल लगायतका पर्यटकीय स्थानमा ट्राफिक जाम हुनु राम्रो नभएको भन्दै ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनाल र ठमेल क्षेत्रकै व्यवसायीहरुले सवारीसाधनमुक्त ठमेल अभियानको घोषणा गरेका थिए । 

पैदल हिँड्नेहरुले यस निर्णयको प्रशंसा समेत गरेका थिए । तर उक्त निर्णयविरुद्ध व्यापारीहरुले भने असहयोग गरिरहेको पाइएको छ । आफ्नो व्यापारका सामानहरु लान र ल्याउन नपाउने भएकै कारण आफूहरु यसको विरुद्धमा रहेको न्युरोडमा व्यापार गर्ने अमृत बस्नेतले जानकारी दिए ।

उनले भने, ‘मेरो व्यापार गर्ने ठाउँ यहाँ छ, सामान ल्याउने र लाने गर्नुपर्छ, सवारीसाधन नै आउन, जान नदिएपछि मैले कसरी काम गर्ने ?’ व्यापारीहरु घोषणामात्रै गरेर नहुने बताउँछन् । उनीहरुका अनुसार सवारीसाधन चल्न नदिँदाको परिणाम र प्रभावको समेत ख्याल गर्नुपर्छ । 

असन पनि केही दिनमै सवारीसाधनमुक्त : सर्वेन्द्र खनाल

यसैबीच, ट्राफिक प्रहरी प्रमुख डीआईजीपी सर्वेन्द्र खनालले केही दिनमै ठमेलजस्तै असनलाई सवारीसाधनमुक्त क्षेत्र बनाइने  जानकारी दिएका छन् । खरीबोटसँग कुरा गर्दै प्रमुख खनालले दुई÷चार दिनपछि नै घोषणा गर्ने तयारी भएको बताए । 

ट्राफिक प्रहरी प्रमुख खनालले यस्तो भए पनि कार्यान्वयन हुन भने सकेको छैन । न्युरोड गेट, विशालबजारका गल्लीलगायतका स्थानबाट अहिले पनि दैनिक रुपमा मोटरसाइकलहरु, डीआई भ्यानहरु, विभिन्न बहानामा प्रवेश गरिरहेका छन् ।

साँघुरो गल्लीमा यस्ता गाडीहरु पस्दा सर्वसाधारण पैदल हिँड्नेहरुले भने सास्ती खेप्नुपरिरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै