• २०८१ बैशाख १४ शुक्रबार

चोभारमा सुख्खा बन्दरगाह निर्माण : ३ महिनाभित्र टेण्डर, २ वर्षभित्र सक्ने लक्ष्य

kharibot

फाइल तस्बिर

काठमाडौं । सरकारले काठमाडौंको चोभारमा निर्माण गर्ने सुख्खा बन्दरगाहको निर्माण प्रक्रियाको काम अन्तिम चरणमा पुर्याएको छ । सन् २०१३ देखि चोभारमा निर्माण गरिने भनिएको सुख्खा बन्दरगाह निर्माणका लागि जग्गाको लालपुर्जा लिने काम अन्तिम चरणमा पुगेपछि यस क्षेत्रमा निर्माण गरिने ड्राइ पोर्टको निर्माण कार्य अघि बढ्ने निश्चित भएको हो । 

विश्व बैंकको डेढ अर्ब ऋण सहयोगमा साविकको हिलाय सिमेन्ट कारखानाको जग्गामा उक्त ड्राई पोर्ट निर्माण हुने भएको हो । वाणिज्य मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले अबको दुईदेखि तीन महिनाभित्रमा चोभारमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाह निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरेको जानकारी दिए ।

उनले उक्त हिमाल कारखानाको जग्गाको लालपुर्जा प्राप्तिको काम अन्तिम चरणमा पुगेको र आवश्यक कामहरु पनि पुरा भएकोले अबको दुई तीन महिनामा सुख्खा बन्दरगाह निर्माणका लागि कन्स्ट्रक्सनको कामका लागि टेण्डर आह्वान गरिने बताए । 

उक्त कारखानाको जमिन सरकारले खरिद गरिसकेको छ । बन्दरगाह निर्माणका लागि सरकारले विश्व बैंकसँग ऋण सहायता पाइसकेको छ । मुलुकको व्यापार सहजिकरणका लागि सरकारले यतिबेला भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधारको अवस्था मजवुत बनाउँदै लैजाने तयारी गरिरहेको छ ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको बैदेशिक व्यापारमा सुख्खा बन्दरगाह र भन्सार विन्दुहरु आधुनिकिकरण बनाउँदै लैजाने तयारीअनुसार उक्त समितिले मुलुकका विभिन्न स्थानमा विभिन्न देशको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्दै आएको छ । 

लामो समयदेखि चर्चामा रहेको चोभारमा बन्ने बन्दरगाह निर्माणका लागि सरकारले २०१३ देखि प्रक्रिया सुरु गरेको थियो । २०१९ मा उक्त बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने गरी प्रक्रिया सुरु भए पनि जग्गा प्राप्तिलगायतका समस्याका कारण यसको निर्माण कार्यमा ढिलाई हुँदै आएको थियो । जग्गा प्राप्तिकै लागि तीन वर्ष लागेको समितिले बताएको छ । व्यापार सहजिकरण प्रमुख लक्ष्य भए पनि नयाँ बन्दरगाह निर्माणको कामले भने गतिशिलता हासिल गर्न सकेको छैन ।  

यसकारण चोभारमा बन्दरगाह 

यतिबेला मुलुकमा चारवटा बन्दरगाह (वीरगञ्ज, विराटनगर, भैरहवा र काकडभिट्टा) सञ्चालनमा रहेका छन् । भन्सारहरु आधुनिकिकरण गर्दै जाँदा कलकत्ता बन्दरगाह, विशखापटनम, संघाई बन्दरहागबाट काठमाडौं बेस सामान आए भने बोडरमा चेक नगरी सिधै काठमाडौं ल्याउने व्यवस्था गर्न चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिने भएको हो ।

विभिन्न तेस्रो मुलुकबाट काठमाडौं केन्द्रित भएर आएका सामानलाई बोडरमा शिल तथा लक गरेर चोभारमा ल्याउने व्यथस्था गरिने  उद्देश्य रहेको समितिको ठहर छ । यसले गर्दा व्यापारमा हुने व्यवधानहरु न्युनिकरण गरिने प्रमुख लक्ष्य हो । काठमाडौंमा आउने सामान चोभारमा सुख्खा बन्दरगाह बनेपछि सिमा नाकामा नभइ अब सिधै काठमाडौंमै चेकजाँच हुनेछ ।  

सरकारले २०५४ मा यो समिति निर्माण गरेर आयात निर्यात अर्थात् अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि पूर्वाधार निर्माण गर्दै आएको छ । सरकारले चीनतर्फका नौ वटा व्यापारीक केन्द्रका साथै पशिचमको चाँदनी दोधारामा बन्दरगाह निर्माणका लागि जग्गा खोजीको काम भइसकेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै