• २०८१ बैशाख १४ शुक्रबार

विद्यार्थी सरोकार नेपालको अन्तरसंवाद कार्यक्रम सम्पन्न 

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । विद्यार्थी सरोकार नेपालको अन्तरसंवाद कार्यक्रम शुक्रबार काठमाण्डौको पर्यटन बोर्डमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिबसको सन्दर्भमा समृद्दि र शान्तिको लागी युवाको भुमीका भन्ने मुल नाराका साथ कार्यक्रम भब्य रुपमा सम्पन्न गरीएको छ । 

कार्यक्रममा युवा परिषदका उपाध्यक्ष माधब ढृङ्गेल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्याल , बुडानीलकण्ठ नगरपालीका १० का वडाध्यक्ष नवराज भट्टराई , अधिबक्ता नवराज थपलीया, शैक्षिक अभियन्ता अजय रेग्मी , सहकारी प्रमुख केशब दंगाल , हाइड्रो पावर प्रमुख डेडराज खड्का , पत्रकार मात्रीका पौडेल लगायत अतिथीहरुले समृद्धि र शान्तिको लागी  युवाहरुको महत्वपुर्ण भुमीका हुन्छ भन्ने कुरामा महत्वपुर्ण भनाईहरु व्यक्त गरेका थिए ।

युवाले चाहेमा हरेक कामहरु सहज रुपमा सम्पन्न गर्न सक्छन भन्दै शैक्षिक अभियन्ता अजय रेग्मीले नेपालमा ब्यबहारीक शिक्षाको अभाव भएको दर्शाउदै ठुलो तहको सर्टीफीकेट मात्रले केहि नगर्ने तर पढ्ने भन्दा गर्ने ठुलो भएकाले हरेक युवाले आत्म निर्भर बन्नको लागी सानै भए पनि रोजगारमुलक काम गर्नु पर्ने जोड दिएका छन् । आफुलाई मन परेको बिषयमा कम्तीमा एक बर्ष सम्म राम्रो संग अध्ययन गरेर पनि रोजगार पाउन नसकेका युवालाई रेग्मी आफैले रोजगार दिलाउने भनाई समेत ब्यक्त गरेका छन् । 

देशका सम्पुर्ण युवाहरु सस्तो मुल्यमा पलाएन भएकाले आफ्नै देशमा केहि गर्नको लागी सानोतिनो भए पनी पेसा ब्यबसाय गर्नको लागी अघि बढ्नु पर्नेमा सबैले जोड दिएका थिए । विविध पेशा र ब्यबसायमा आबद्ध रहेका अतिथीहरुले पेसा ब्यबसाय गर्ने ईच्छुक युवाहरुलाई ईच्छा शक्ति देखाएमा सहयोग गर्ने सम्मका भनाईहरु ब्यक्त गरेका थिए । युवा बिना देशमा सम्बृदिृ हुदैन सम्पुर्ण युवाहरु आफ्नै देश र माटोमा रमाउनु पर्ने बक्ताको जोड थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै