• २०८१ बैशाख १६ आइतबार

आज पनि नेप्से दोहोरो अंकले घट्यो, बीमामा तेहरो अंकको गिरावट

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुुवैमा आज मंगलबार पनि उच्च अंकले गिरावट देखिएको छ । नेप्से १७ दशमलव ५४ अंकले घटेर १५ सय १० दशमलव २१ विन्दुुमा झरेको छ भने सेन्सिटिभ तीन दशमलव ३९ अंंकले घटेर तीन सय १८ दशमलव ५४ विन्दुुमा झरेको छ ।

कुुल एक सय ५७ कम्पनीहरुको चार हजार नौ सय ५२ वटा कारोबारमा ११ लाख ८० हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ६६ करोड ९२ लाख ११ हजार एक सय ८१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबारमा भएकोमा उत्पादनमुुलक समूहको सूचक छ दशमलव ४२ अंकले बढेपनि बाँकी समूहको सूचक उच्च अंकले घटेकाछन । सबैभन्दा उच्च अंकले घटेको बीमा समूहको सूचक एक सय ६६ दशमलव १७ अंकले घटेर सात हजार आठ सय ६२ दशमलव ९३ विन्दुुमा झरेकोमा ११ करोड २३ लाख एक हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ८२ अंकले घटेर १२ सय ८९ दशमलव ५६ विन्दुुमा झरेकोमा २५ करोड २४ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समूहको सूचक पनि ४७ दशमलव ८३ अंकले घटेर २१ सय ३५ दशमलव ८० विन्दुुमा झरेकोमा तीन करोड ६६ लाख ९३ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलविद्युुत समूहको सूचक आठ दशमलव ७८ अंकले घटेर दुुई हजार ७० दशमलव ४९ विन्दुुमा झरेकोमा पाँच करोड १० लाख ३१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज टे«डिङ, होटल, फाईनान्स, अन्य र लघुबित्त समूहको सूचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको कावेली बिकास बैंकको सेयर मूल्य आठ रुपैयाँ ६४ पैैसाले बढेर तीन सय ४६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको राष्ट्रिय बीमा कम्पनीको सस्थापक सेयरको मूल्य पाँच रुपैयाँ ८४ पैसाले घटेर १३ हजार तीन सय ८० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ग्लोवल आईएमई बैंकको तीन सय ३० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९८ लाख १७ हजार तीन सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ १३ हजार तीन सय ८० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९६ लाख ४५ हजार तीन सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै