गोरखा । चर्चित निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् ।
प्राप्त अन्तिम नतिजा अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै भट्टराईले जित हासिल गरेका छन् ।
भट्टराईले ३२१०७ मत ल्याएर विजयी भएका छन् भने श्रेष्ठले २४९३३ मत ल्याएका छन् । डा. बत्त्रैले श्रेष्ठलाई ७१७४ मत अन्तरले पराजित गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।