• २०८१ बैशाख १४ शुक्रबार

उपेन्द्र यादव सप्तरी २ बाट विजयी 

kharibot

राजविराज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । 

यादवले आफ्ना प्रतिद्वन्दी माओवादी केन्द्रका उमेस यादवले भन्दा लगभग दोब्बर मत ल्याएर विजयी भएका हुन् । 

उपेन्द्रले २१६२० मत ल्याए भने उमेशले ११५८० मत ल्याएका छन् । उपेन्द्रलाई काँग्रेससंहित लोकतान्त्रिक गठबन्धनको समर्थन थियो । 

जितसँगै संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा आफ्नो खाता खोलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै