• २०८१ बैशाख १४ शुक्रबार

राजपाद्वारा सर्वोच्चको निर्णयको स्वागत, निर्वाचनका लागि सकारात्मक वातावरण

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको जनाएको छ । 

सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले जानकारी दिए । 

सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन आज खारेज गरेपछि सरकारलाई प्रदेश नं २ मा संख्या बढाउन बाटो खुला भएको छ । 

सरकारले संसद्मा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे जस्तोसुकै परिणाम आए पनि निर्वाचनमा जाने राजपाको योजना छ । महासचिव झाले संशोधनको प्रस्तावलाई तत्काल अघि बढाउन सरकारसमक्ष आग्रह गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै