तयारीका लागि राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जादै

खरीबोट

फाइल तस्विर

 एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे 

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नेछन् । 

टोलीले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । 

एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । उक्त प्रतियोगिताको छनोट खेल आगामी भदौ २० गते नेपालमा नै हुनेछ । समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् । 

समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन् । 
 

सम्बन्धित समाचार

एम्बाप्पे बने २१ बर्ष मुनीका विश्वका सबै भन्दा मुल्यवान फुटबलर

काठमाडौं । फ्रान्सका युवा फुटबलर किलियन एम्बाप्पे २१ बर्ष मुनीका विश्वका सबै भन्दा मुल्यवान फुटबलर बनेका छन् ।  फुटबलको ब्यापार सम्बन्धि रिपोर्ट बनाउने सकरेक्सको अनुसार एम्बाप्पेको अहिलेको मुल्य २२२.७६ मिलियन अमेरिकी डलर

विश्वकप फुटबल विजेता फ्रान्सका खेलाडीहरुलाई पेरिसमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ  । विश्वकप फुटबल जितेको फ्रान्सका खेलाडीहरुलाई पेरिसमा भव्य स्वागत गरिएको छ  ।  पेरिसमा विजेता खेलाडीलाई स्वागत गर्न ५ लाख मानिसहरु भेला भएका थिए । विश्वकप ट्रफिसहित पेरिस पुगेका खेलाडीहरुलाई पेरिसको

विश्व फुटबलमा मेसी र रोनाल्डोको राज तोड्दै लुका मोड्रीच !

काठमाडौँ । विश्वकप फाइनलको समीकरण पुरा भएसँगै अभ विश्व फुटबलमा रोनाल्डो र मेसीको युग समाप्त भएको चर्चा चल्न थालेको छ ।  फ्रान्सका युवा खेलाडी किलीयन एम्बाप्पेलाई अब फुटबलको नयाँ सुपरस्टारको रुपमा

फिफाद्वारा इङल्याण्डको फुटबल टिमलाई ७७ लाख ५७ हजार जरिवाना 

काठमाडौँ । फिफाले इङल्याण्डको फुटबल टिमलाई ७० हजारस्विस फ्र्यांक ७७ लाख ५७ हजार नेपाली रुपैया जरिवाना लगाएको छ ।  विश्वकपका खेलमा इङल्याण्डका खेलाडीहरु डेल अली, इरिक डायर र रहिम स्टरलिङले फिफाले