काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको दोश्रो खेल सुरु भएको छ । आबुधाबीको सेख जायद खेलमैदानमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।
च्याम्पियनसिप अन्तर्गत गत बुधबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । नेपालका लागि आज दिपेन्द्र सिंह ऐरी घाइते भएका कारण खेलेका छैनन् ।
आज खेल्ने नेपाली टिममा पारस खड्का ( कप्तान ) ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, शक्ति गौचन, बिनोद भण्डारी, अनिल शाह, सन्दिप लामिछाने, सोमपाल कामि, करन केसी, ललित भण्डारी, आरिफ शेख, दिलिप नाथ रहेका छन् ।
आजको खेलमा नेपालले राम्रो सुरुवात गर्दै युएईका सुरुवाती ४ विकेट लिएको छ । चारै विकेट नेपालका सोमपाल कामीले लिएका छन् ।