• २०८१ बैशाख १५ शनिबार

ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा 

kharibot

काठमाडौँ  । ग्लोबल आइएमई बैंकले काठमाण्डौँको पर्यटकिय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ ।

ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लाउन्जबाट आफ्नो एटिएम सेवा सुरु गरेको हो ।

नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै