• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिग : सिएसके मस्कोलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सिएसके मस्कोलाई २-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता हुदै अन्तिम १६ मा पुगेको छ ।

गएराती घरेलु मैदानमा भएको खेलमा मस्कोसँग १-० ले पछि अप्रेको अवस्थामा खेलमा फर्किदै विजयी भएको थियो ।

युनाइटेडको जितमा लुकाकु र राशफोर्डले गोल गरेका थिए । लुकाकुले खेलको ६४औ मिनेटमा गोल गरेका थिए भने राश्फोर्डले ६६औ मिनेटमा गोल गरेका थिए । यस अघि खेलको ४५औ मिनेटमा मस्कोका भिटीन्होले गोल अग्र्दै मस्कोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जित पछि समुह ए मा म्यान्चेस्टर युनाइटेड ६ खेलमा १५ अंक सहित समुहमा पहिलो हुदै अन्तिम १६ मा प्रवेश गरेको छ भने बसेल समुहमा १२ अंकसहित दोस्रो हुदै अन्तिम १६ मा प्रवेश गरेको छ । हारपछि मस्को प्रतियोगिताबाट बाहिरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय