• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा रातो सूचकपछि नेप्से १५ सय २४ विन्दुमा

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोवार रकम दुुबै आज सामान्य अंकले घटेका छन् । आज मंगलबार नेप्से एक दशमलव नौ अंकले घटेर १५ सय २४ दशमलव ८७ विन्दुुमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ७१ अंकले घटेर तीन सय २१ दशमलव २६ विन्दुुमा झरेको छ ।

कुुल एक सय ६३ कम्पनीहरुको चार हजार आठ सय ६३ वटा कारोवारमा १० लाख ८२ हजार तीन सय आठ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार ५७ करोड ७७ लाख ६४ हजार चार सय २६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोवार भएकोमा चार वटा समूहको सूचक सामान्य अं्रकले बढेपनि बाँकी छ वटा समूहको सूचक उच्च अंकले घटेकाछन । वाणिज्य बैक समूहको सूचक दुुई दशमलव नौ अंकले घटेर १३ सय दशमलव ७० विन्दुुमा झरेकोमा १६ करोड ५८ लाख ४३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलविद्युत् समूहको सूचक १३ दशमलव ७३ अंंकले घटेर दुुई हजार ६३ दशमलव ९३ विन्दुुमा झरेकोमा १२ करोड ८८ लाख ४४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक पनि दुुई दशमलव ८६ अंकले घटेर १७ सय ५७ दशमलव ५१ विन्दुुमा झरेकोमा दुुई करोड १२ लाख ८६ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल, फाइनान्स र अन्य समूहको सूचकमा पनि आज गिरावट आएको छ । बीमा समूहको सूचक भने आज २७ दशमलव चार अंकले बढेर आठ हजार ६० दशमलव दुुई विन्दुुमा चढेकोमा ११ करोड ३५ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

लघुवित्त समूहको सूचक पनि छ दशमलव ६१ अंकले बढेर १८ सय ५० दशमलव १९ विन्दुुमा चढेकोमा तीन करोड ५४ लाख ७१ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक टे«डिङ र उत्पादनमुुलक समूहको कारोवार सूचकपनि आज बढेको छ ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २० पैसाले बढेर एक सय ८२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको रिलायन्स फाइनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४३ पैसाले घटेर एक सय ५२ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको बुुटवल पावर कम्पनीको सात सय ४० रुपैयाँ अन्तिम मुल्यमा १० करोड एक लाख १३ हजार आठ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ पनि नौ सय ५० रुपैयाँ अन्तिम मुल्यमा छ करोड १७ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै