• २०८१ बैशाख १५ शनिबार

काँग्रेस थापामाथिको आक्रमणको वाम गठबन्धनद्वारा निन्दा

kharibot

काठमाडौँ । वाम गठबन्धनले नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापामाथि आज भएको आक्रमणको भत्र्सना गरेको छ । 

गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ४ चुनाव प्रचारप्रसार समितिका संयोजक धर्मदत्त देवकोटा र सहसंयोजक सुन्दर पुर्कुटीले आज संयुक्त विज्ञप्ति जारी शान्तिपूर्ण मत माग्न गएका उम्मेदवारमाथि आक्रमण गरिनु कायरताको उपज भएको बताएका छन् । 

गठबन्धनले थापा र अन्य घाइते नेता कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । गठबन्धनले भनेको छ ‘आज बूढानीलकण्ठ– २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रम गरिरहेका नेता थापा र केही कार्यकर्ता आक्रमणमा परी घाइते भएकामा हामी दुःखी भएका छौँ, हामी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछौँ साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै