• २०८१ बैशाख १५ शनिबार

उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी बम प्रहार

kharibot

महेन्द्रनगर, धनुषा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ । 

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । 

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै